×

राष्ट्रिय स्वतन्त्र पार्टीकी सह महामन्त्री सुमना श्रेष्ठले किन दिइन् पदबाट राजीनामा

खालीपाना न्युजडेस्क | ४ हप्ता अगाडि


कार्यसम्पादन प्रभावकारी नभएको भन्दै रास्वपा सांसद सुमना श्रेष्ठले एक व्यक्ति एक पदको अवधारणा पार्टीमा अगाडि सारेकी थिइन्। सभापति रवि लामिछाने गिरफ्तारी पर्नु पूर्व नै यो विषय केन्द्रीय समितिमा छलफल भएको एक नेताले बताए तर राजनीतिक परिस्थिति सोचे अनुकूलको नभएकाले गर्दा पार्टीले त्यो प्रस्तावमाथि छलफल त गर्यो तर कामकारबाहीमा ल्याउन सकेन।


एक व्यक्ति एक पदको अवधारणालाई पटकपटक छलफलमा ल्याएता पनि अनुकूल समय नआएकाले गर्दा प्रयोगमा ल्याउन चुनौती थपिएको तर रवि लामिछाने फेरि सभापतिमा फर्किएपछि सुमनाले आफ्नो राजीनामा बुझाएर आफू संसदीय राजनीतिमा मात्रै सक्रिय हुने भन्दै मार्ग प्रशस्त गरेको एक नेताले खाली पानासँग बताए ।

हामीले पछिल्लो समय सुमना र रवि बीचको सम्बन्ध चिसिएको हो भनेर प्रश्न गर्दा केन्द्रीय सदस्य तथा काठमाडौँ क्षेत्र नम्बर ७ का सांसद गणेश पराजुली सञ्चारमाध्यममा आएजस्तो कुनै पनि किसिमको तिक्तता पार्टीभित्र नरहेको बताउँछन्।

एकै व्यक्ति विभिन्न पदमा बस्दै गर्दा पार्टी गतिविधिहरु सुस्ताएको र सुमनाले गरेको प्रस्ताव पार्टीका लागि अहिले उपयुक्त भएको अर्का केन्द्रीय सदस्यले बताए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *