गृहमन्त्री रमेश लेखकले तीनकुने घटनामा न्यायीक छानविन समिति गठनको आवश्यकता नरहेको बताउनुभएको छ ।
सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कानून न्याय तथा मानवअधिकार समितिको बैठकमा मन्त्री लेखकले तीनकुनेमा अपराधिक गतिविधि भएको र मुलुकको फौजदारी कानूनी प्रक्रिया सुरु भइ राज्यका प्रचलित कानून अनुसार कारवाहीको प्रक्रिया अघि बढाइएकाले छुट्टै छानविनको आवश्यकता नरहेको बताउनुभएको हो । उक्त घटनामा दोषि देखिएकालाई कारवाही हुने उहाले बताउनुभयो । अझैपनि राजावादीको हिंसात्मक प्रर्दशनका क्रममा तोडफोड र आगजानी लगायतका घटनामा संलग्नहरुलाई पक्राउ गर्ने क्रम जारी रहेको उहाले जानकारी दिनुभयो । मन्त्री लेखकले घटनालाई विश्लेषण गर्दा नियोजित रुपमा आतंक र अराजकता फैलाउने अपराधिक कार्य हो भन्नेमा कुनै विवाद नरहेको बताउनुभयो ।
गृहमन्त्री लेखकले वर्तमान संविधान र लोकतान्त्रिक व्यवस्थामा आफ्ना असन्तुष्टि राख्न सकिने भएपनि लोकतन्त्रको विकल्प पछाडि फर्किने व्यवस्था हुन नसक्नेमा जोड दिनुभयो । अपराधिक कार्य गरेर संविधान च्यात्ने, व्यवस्था मास्ने कार्यको गम्भीरतापूर्वक समिक्षा गर्नुपर्ने उहाले बताउनुभयो । त्यस्तै उहाले लोकतान्त्रिक व्यवस्थामा आगो लगाएर निरंकुशताको खोजी उचित नहुने र हिन्दु धर्म जस्तो उत्कृष्ठ धर्मलाई निकृष्ठ राजनीतिका लागि प्रयोग गर्न नहुने बताउनुभयो ।
उहाले लोकतन्त्रमा देखिएका समस्या सुधार गर्दै अघि बढ्नुपर्ने भन्दै लोकतन्त्रका बिरुद्धमा कुनै तानाशानी व्यवस्था ठीक हुन्छ भनेर स्थापीत गर्न नसकिने धारणा राख्नुभयो । लेखकले चैत्र १५ गते निषेधीत क्षेत्र तोड्ने काम भएकोले सुरक्षाकर्मीले संयमित भएर आवश्यक बल प्रयोग गरेको जिकिर गर्नुभयो । तीनकुने क्षेत्रमा घाइते भएकाहरूको उपचार सरकारले गर्ने निर्णय मन्त्रिपरिषद्बाट भइसकेको बताउँदै उहाँले उपचार गराइराखेको अस्पतालभन्दा बाहिरबाट औषधि किन्नु परेमा पनि त्यसको खर्च सरकारले व्यहोर्ने जानकारी दिनुभयो
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.