उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकार देश र जनताको हितमा काम गर्न केन्द्रीत रहेको बताउनुभएको छ ।
शुक्रबार काठमाडौंमा नयाँ बर्षको क्यालेन्डर बिमोचन गर्दै सिंहले सरकार जनताको जीवन र जिविकोपार्जन सहज बनाउन सरकारले काममा केन्द्रीत रहेको बताउनुभएको हो । उहाले नेपालको राष्ट्रिय राजनीतिमा स्थीरताका लागि सरकार बनेको उल्लेख गर्नुभयो । यस बर्ष आशा गरे अनुसार गर्न नसकेका कामहरु नयाँ बर्षमा सम्पन्न गर्नका लागि सफलता मिल्ने उहाले बताउनुभयो ।
नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ काठमाडौं क्षेत्र नम्बर १ ले प्रकाशन गरेको नयाँ बर्षको क्यालेन्डर सिंहले बिमोचन गर्नुभएको हो ।