प्रहरीले राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक अधिकारसम्बन्धी अभियान सञ्चालन गर्दै आएका दुर्गा प्रसाईं र उनका सुरक्षाकर्मी दीपक खड्कालाई पक्राउ गरेको छ।
उनीहरूलाई झापाको भद्रपुरबाट नियन्त्रणमा लिएर थप छानबिनका लागि काठमाडौँ लगिँदैछ। प्रहरी प्रवक्ता दिनेश आचार्यका अनुसार, चैत १५ मा काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक गतिविधिमा संलग्न रहेको अभियोगमा फरार रहेका दुबै जनालाई पक्राउ गरिएको हो। ती घटनापछि प्रसाईं भारततर्फ भागेका थिए।