चैत्र २९, काठमाडौं । जोखिमपूर्ण ठाउँबाट समाचार संकलन गर्ने बेलामा पत्रकार आफैंले अपनाउनुपर्ने सुरक्षा सतर्कताबारे देशभरि अभियान चलाउन सरोकारवालाहरूले माग गरेका छन्।
दुर्लभ समाचार तथा दृश्य प्रकाशन तथा प्रसारण गर्ने अभिलाषाले सुरक्षा सतर्कतामा ध्यान नदिँदा पनि पत्रकारहरूलाई असर पर्ने घटना हुने गरेकाले सचेतनाको आवश्यकता रहेको उनीहरूको भनाइ थियो।
अनलाइन टिभी पत्रकार संघले पत्रकार महासङ्घको केन्द्रीय कार्यालयमा आयोजना गरेको ‘रिपोर्टिङका बेला पत्रकार आफैले अपनाउनु पर्ने सुरक्षा सतर्कता’ सम्बन्धी अभिमुखकिरण कार्यक्रममा सहभागीहरुले यस्तो कार्यक्रम देशभरि निरन्तर गरिरहनुपर्नेमा जोड दिएका हुन् ।
अनलाइन टिभीकर्मीहरू भिडियो खिच्न फिल्डमै खटिनुपर्ने भएकाले अनलाइन टिभीकर्मीहरुका लागि सुरक्षा सतर्कता सम्बन्धी जानकारी अनिवार्य रहेकाले अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको संघका अध्यक्ष जीवन भण्डारीले जानकारी दिए। उनले अन्य निकायहरूसँग सहकार्य गरेर देशभरिका पत्रकारहरूलाई सुरक्षा सतर्कताबारे अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्न चाहेको पनि बताए।
कार्यक्रममा प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले अनलाइन टिभी पत्रकार संघले अति महत्त्वपूर्ण विषयको उठान गरेको भन्दै मिडिया सम्बन्धी सबै निकाय र संस्थाहरूले यसलाई अभियानको रुपमा लैजानुपर्नेमा जोड दिए । पहिला आफ्नो सुरक्षा त्यसपछि समाचार भन्ने कुरालाई पत्रकारले कहिल्यै बिर्सन नहुनेमा उनले पत्रकारहरूको ध्यानाकर्षण गराए।
न्यूनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष संगीता खड्काले पत्रकारले अपनाउने सुरक्षाका विषयमा सञ्चार गृहका सञ्चालकहरूलाई पनि अवगत गराउनुपर्नेमा जोड दिइन । कतिपय अवस्थामा सञ्चार गृह सञ्चालकहरूले अप्ठ्यारा समाचार तथा भिडियोहरू ल्याउन दबाब दिने गरेकाले पत्रकार असुरक्षित हुनुपरेको उनको भनाइ थियो।
कार्यक्रममा विषयवस्तुको प्रस्तुतिकरण गर्दै नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता दिनेश कुमार आचार्यले सुरक्षा घेरा र सुरक्षाकर्मीहरूको आग्रहलाई ख्याल गरेर समाचार संकलन गर्न पत्रकारहरूलाई सुझाव दिए । उनले भने, “तपाईँहरूले प्रसारण गरेको भिडियोकै आधारमा मान्छेको धारणा बनाउने भएकाले समाजलाई कता लैजाने भन्ने जिम्मेवारी पनि तपाईहरुकै हातमा छ। त्यसैले तपाईँहरू अझ बढी जिम्मेवार र सन्तुलित हुनुपर्ने पेशामा हुनुहुन्छ।”
कार्यक्रममा पत्रकार महासंघका उपाध्यक्ष उमिद बाग्चन, नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल, समाजवादी प्रेस संगठनका अध्यक्ष शम्भु श्रेष्ठ, प्रेस सेन्टरका अध्यक्ष कमल गिरी, जनपत्रकार संगठनका अध्यक्ष शेरबहादुर विश्वकर्मा लगायतले आफ्ना सदस्यहरूलाई पनि सुरक्षा सतर्कताबारे कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता जनाएका थिए। उनीहरूले अनलाइन टिभी पत्रकार संघले अति महत्वपूर्ण र अति आवश्यक विषयको उठान गरेको भन्दै प्रशंसा गरेका थिए।
कार्यक्रममा संघले प्रकाशित गरेको विक्रम सम्वत २०८२ सालको भित्तेपात्रो विमोचन गर्दै शुभकामना आदानप्रदान गरिएको थियो भने प्रेस सेन्टरका नवनिर्वाचित अध्यक्ष कमल गिरीलाई बधाई ज्ञापन गरिएको थियो।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.