×

भक्तपुरको आकाशे पुलमा डरलाग्दो दुर्घटना, यात्रुहरू घाइते

खालीपाना न्युजडेस्क | १० महिना अगाडि

०७८ चैत २८, भक्तपुर ।
भक्तपुरमा यात्रुवाहक बस दुर्घटना हुँदा चार जना घाइते भएका छन्। बिहीबार बिहान साढे ८ बजेतिर सूर्यविनायक नगरपालिका–५ स्थित चुनदेवी आकाशे पुल नजिकै बा ३ ख २४४६ नम्बरको बस पल्टिँदा चार जना सामान्य घाइते भएका हुन्।

च्यामासिंहबाट काठमाडौंतर्फ जाँदै गरेको उक्त बस अचानक अनियन्त्रित भई सडक किनारमा पल्टिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए।

दुर्घटनामा काभ्रेका ४२ वर्षीय सानुमान थिङ, सूर्यविनायक–८ सिपाडोलका ५४ वर्षीय सुवर्ण भुजेल, सूर्यविनायक–९ पलासेकी ५० वर्षीया कोपिला महत र भारतकी २३ वर्षीया किरण देवी बानियाँ घाइते भएको प्रहरीले जनाएको छ। उनीहरूलाई उपचारका लागि मध्यपुर अस्पताल लगिएको छ।

दुर्घटनापछि प्रहरी वृत्त जगातीबाट खटिएको टोलीले बस चालक भक्तपुर नगरपालिका–७ ईनाचोका ४२ वर्षीय रबिन प्रजापतीलाई नियन्त्रणमा लिएको छ। हाल चालकसहित बसलाई प्रहरी वृत्त जगातीमा राखिएको प्रहरीले जनाएको छ।

प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x