×

काठमाडौंमा वायुप्रदूषण बढ्दो : एक सातादेखि धुम्म आकाश, भिजिबिलिटी घट्दै

खालीपाना न्युजडेस्क | २ हप्ता अगाडि

काठमाडौंको वायुमण्डल पछिल्लो एक सातादेखि निकै प्रदूषित देखिएको छ। आकाशभरि धुलो, धुवाँ र बिखालु हावा भरिएपछि भिजिबिलिटीमा समेत उल्लेख्य गिरावट आएको छ। सामान्य अवस्थामा खुला मौसममा काठमाडौंको भिजिबिलिटी ८ देखि ९ हजार मिटरको हाराहारीमा हुने गर्दछ। तर हाल त्यो घटेर १५ सय मिटरभन्दा कममा झरेको छ। मौसमविद् हरिप्रसाद दाहालका अनुसार, बुधबार बिहान काठमाडौंको भिजिबिलिटी १२ सय मिटरमा झरेको थियो। बिहान १० बजेसम्म पुग्दा भने केही सुधार भएर ४५ सय मिटरमा पुगेको हो। उनका अनुसार आजको दिन तुलनात्मक रूपमा अघिल्ला दिनहरूभन्दा भिजिबिलिटी बढी देखिएको छ। मंगलबार काठमाडौं नजिकका जिल्लाहरूमा वर्षा भए पनि काठमाडौंमा भने पानी परेन। तर त्यसदिनको हावाले केही मात्रामा प्रदूषण हटाएको बताइएको छ। बुधबार दिउँसो भने काठमाडौंमा पानी पर्ने सम्भावना मंगलबारको भन्दा बढी रहेको मौसमविद् दाहाल बताउँछन्। ‘पानी नपरी काठमाडौंको प्रदूषण हट्ने सम्भावना छैन। तर आज दिउँसो हल्का वर्षाको संकेत देखिएको छ, जसले वातावरण केही सफा बनाउन सक्छ,’ उनले जानकारी दिए।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *