×

स्वचालित भाडादर प्रणाली ल्याइँदै, अनियमित सवारी साधनमा कडाइ गरिँदै

खालीपाना न्युजडेस्क | १० महिना अगाडि

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले गृहमन्त्रालयसँग समन्वय गरि मापदण्ड विपरीतका सवारी साधन सञ्चालनमा रोक लगाईने बताउनुभएको छ । सोमबार मन्त्रालयमा यातायात व्यवसायी तथा मजदुरहरुसँगको छलफलका क्रममा मन्त्री दाहालले नियम विपरीत सञ्चालन भई रहेका सवारी साधन सञ्चालनमा रोक लगाउन सडक तथा यातायात विभागले मात्र सम्भव नहुने भएकाले गृहमन्त्रालयसँग समेत समन्वय गरिने बताउनु भएको हो । उहाले मापदण्ड विपरीतका सवारी साधनलाई कडाई गर्ने बिषयमा प्रहरीका तर्फबाट असयोग भएको गुनासो गर्नुभयो । यसैगरि सडक निर्माणका क्रममा सवारी साधन अवरोध हुन नदिन वैकल्पिक रुट तथा डाईभर्सनको व्यवस्थापनलाई समेत प्राथमिकता दिईने उहाँले बताउनुभयो । काठमाडौ र पूर्वी नेपाललाई जोड्ने बीपी राजमार्ग मर्मतलाई तिव्रता दिईएको भन्दै उहाँले वैकल्पिक सडकको रुपमा उपयोग हुने कान्ति लोकपथ मर्मतलाई समेत प्राथमिकताका साथ अघि बढाईएको उल्लेख गर्नुभयो । उहाले स्वचालिक प्रणालीबाटै भाडादर कायम गर्नेमा सरकारात्मक रहेको धारणा राख्नुभयो । छलफलका क्रममा यातायात व्यवसायीहरुले बीपी राजमार्ग, दाउन्ने सडक खण्ड लगाएतका सडक समयमा नै निर्माण नभए यातायात सञ्चालमा कठिन हुने भन्दै मन्त्रालयको ध्यानाकर्षण गराएका थिए ।

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x