×

स्ववियु निर्वाचन: पद्मकन्या क्याम्पसमा मतदान जारी

खालीपाना न्युजडेस्क | १ महिना अगाडि

काठमाडौंको बागबजारस्थित पद्मकन्या क्याम्पसमा स्ववियु चुनावको मतदान भइरहेको छ।

काठमाडौंका अधिकांश क्याम्पसमा चैत ५ गते मतदान भए पनि पद्मकन्यामा विवादका कारण रोकिएको थियो।

बिहीबार बिहानदेखि भने शान्तिपूर्ण ढंगले मतदा भइरहेको छ।

पद्मकन्यामा एमालेसम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुले माओवादी सम्बद्ध अखिल (क्रान्तिकारी) सँग तालमेल गरेको छ।

अध्यक्षको उम्मेदवार अनेरास्ववियुकी सुनिता घिमिरे छिन्।

नेविसंघबाट पूर्णिमाया परियार र बागी उम्मेदवार भूपि ऐर गरी अध्यक्षमा दुई जना उम्मेदवार छन्।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *