×

आजदेखि अनलाइन टिभी पत्रकार सङ्घद्वारा ‘सदस्यता सप्ताह’ सुरु

खालीपाना न्युजडेस्क | २ हप्ता अगाडि

काठमाडौँ २७ फागुन ।
नेपालका अनलाइन टिभीकर्मीहरूको सबैभन्दा पहिलो र सबैको छाता संस्था ‘अनलाइन टिभी पत्रकार संघ’ले आज फागुन २७ गतेदेखि चैत्र ५ गतेसम्मका लागि ‘सदस्यता सप्ताह’ घोषणा गरेको छ।
चैतको दोस्रो हप्ता अधिवेशन गर्ने निर्णय भएकाले चैत्र ५ गतेभित्रमा सदस्यता नवीकरण गर्ने वा नयाँ सदस्यता फाराम भर्ने मिति तोकिएको हो।
संघको यही फागुन २५ गते बसेको बैठकले २७ गतेदेखि सदस्यता सप्ताह सञ्चालन गर्ने निर्णय गरेको हो।
अनलाइन टेलिभिजन सञ्चालन गर्दै आएका देशभरका अनलाइन टिभी पत्रकारहरूले संघका पदाधिकारी तथा सदस्यहरूसँग सदस्यताका लागि सम्पर्क गर्न सक्ने संघका अध्यक्ष जीवन भण्डारीले जानकारी दिनुभयो ।
देशका विभिन्न जिल्लामा समेत कार्यसमिति रहेको सङ्घले सबै जिल्ला र सबै तहमा नयाँ कार्यसमिति बनाउने तयारी समेत गरेको छ।
नेपालमा अनलाइन टिभी पत्रकारितालाई शुद्धिकरण र सुदृढीकरण गर्ने उद्देश्यले २०७६ सालमा स्थापना भएको सङ्घले अनलाइन टिभी पत्रकारलाई जिम्मेवार बनाउँदै उनीहरूका हक अधिकारका लागि पैरवी र सङ्घर्ष गर्दै आइरहेको छ। सङ्घले २०७७ सालमै अनलाइन टिभी स्वनियमन निर्देशिकासमेत जारी गरेको छ भने अनलाइन टिभीसँग सम्बन्धित सबै विषयमा नेतृत्वदायी भूमिका खेल्दै आइरहेको छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *