कवाड व्यवसायीहरुले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह र महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेविरुद्ध चर्को नाराबाजी गरेका छन् । महानगरले आफूहरुको व्यवसायस्थलमा डोजर चलाउन लागेको थाहा पाएपछि आज (आइतबार) काठमाडौंको डल्लुमा भेला भएका कवाड व्यवसायीहरुले विरोध प्रदर्शन स्वरुप नाराबाजी गरेका हुन् ।
आज ठूलो संख्यामा डल्लु क्षेत्रमा कवाड व्यवसायीहरु उपस्थित भएका थिए । उनीहरुले ‘मधेशीलाई काठमाडौंबाट लखेट्न पाइँदैन, कवाडी व्यवसायीलाई सम्मान गर, कवाड व्यवसायमाथि डोजर चलाउन पाइँदैन, राजु पाण्डे गुण्डागर्दी बन्द गर्’ लगायतका नाराबाजी गरे ।