राप्रपा लुम्विनी प्रदेशले शनिबार बुटवलमा आयोजना गरेका बृहत आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले मुलुकलाई स्थायीत्व दिनका लागि भन्दै ठूला दल मिलेर बनेको सरकारको ७ महिनामा जनतामा आशा जगाउने कुनै काम गर्न नसकेको बताउनुभएको हो ।
उहाले यसअघिदेखि गर्दै आएको भ्रष्टाचारलाई संस्थागत र संरक्षण गर्ने तथा पहिले गरेको भ्रष्टाचारका कारण कारवाहीमा परिन्छ की भन्दै आवश्यक कानून बनाएर जोगिनका लागि वर्तमान गठबन्धन बनेको आरोप लगाउनुभयो । उहाले सरकार बन्ने बितिकै ल्याएको भ्रष्टाचार निवारण ऐनमा पाँच बर्षभित्र उजुरी दिइसक्नुपर्ने व्यवस्थाले पनि अगाडीको भ्रष्टाचारलाई संरक्षण गर्ने व्यवस्था गर्न खाजेको तर्क गर्नुभयो ।
अध्यादेशबाट देश चलाउन खोज्ने प्रयास असफल हुन थालेपछि सत्तारुढ दलहरु सांसद किनेर अध्यादेश पास गराउने खेलमा रहेको उहाले बताउनुभयो ।
उहाले अव अहिलेको व्यवस्था कुनै हालतमा काम नलाग्ने धारणा राख्नुभयो ।
उहाले वर्तमान संघीयता असफल रहेको भन्दै प्रदेश व्यवस्था खारेज गर्नुपर्ने, संसदलाई पुनः समानुपातिक बनाउने, तथा निर्वाचित प्रधानमन्त्रीलाई दुई कार्यकालसम्म सीमित गर्नुपर्ने बताउनुभयो ।
अध्यक्ष लिङ्देनले नेपालमा राजसंस्थाको पुनःस्थापना हुनुपर्ने तर कार्यकारी अधिकार निर्वाचित प्रधानमन्त्रीलाई दिनुपर्ने धारणा राख्नुभयो ।