×

नेपाली कांग्रेसले पाथीभरा केबलकार निर्माणमा देखिएको विवाद वार्ताका माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिएको छ

खालीपाना न्युजडेस्क | १२ महिना अगाडि

शुक्रबार पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारीले बैठकले नो केबलकार भन्ने कुरामा कांग्रेसको सैद्धान्तिक सहमति नरहेपनि विवादलाई वार्ताका माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिएको कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिनुभयो । वार्ता निष्कर्षमा नपुगेसम्मका लागि निर्माण कार्य स्थगित गर्ने सरकारको कदम स्वागतयोग्य रहेको उहाले बताउनुभयो ।

त्यस्तै बैठकमा निर्वाचन सम्बन्धी विधेयक, दल सम्बन्धी विधेयकका बिषयमा छलफल भएको उहाले बताउनुभयो । विधेयक निर्माणको काम सुस्त देखिएकाले तीव्रता दिने बिषयमा छलफल भएको उहाले बताउनुभयो ।

त्यस्तै आसन्न स्ववियु निर्वाचनमा पार्टीको भातृसंस्थालाई बलियो उपस्थीति गराउने बिषयमा पनि छलफल भएको घिमिरेले जानकारी दिनुभयो ।

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x