×

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले भूमिसम्बन्धी अध्यादेशमा सरकारको राम्रो नियत नदेखिएको बताउनुभएको छ

खालीपाना न्युजडेस्क | ४ हप्ता अगाडि

भूमिसम्बन्धी अध्यादेशका बिषयमा वौद्धिक पेशाकर्मी महासंघले शुक्रबार काठमाडौंमा आयोजना गरेको अन्तक्रियामा अध्यक्ष नेपालले बिचौलियालाई पोस्ने गरि भूमिसम्बन्धी अध्यादेश ल्याएको र यसमा सरकारको नियत राम्रो नदेखिएको बताउनुभएको हो ।

भूमिहिन सुकुम्वासीलाई जग्गामात्र बाडेर समस्या समस्या समाधान नहुने भन्दै उहाले त्यसका लागि उपयुक्त निति अपनाएर सहज जिवनयापनको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै अध्यक्ष नेपालले दुई–दुई पटक संसद बिघटन गर्ने प्रधानमन्त्री केपी ओलीको पृष्ठभूमिका आधारमा पनि राम्रो कामका लागि अध्यादेश ल्याएको भन्नेमा आशंका उत्पन्न भएको धारणा राखनुभयो ।

उहाले प्रक्रिया मिलेर ल्याइएको अध्यादेशलाई समर्थन गर्न नसक्ने स्पष्ट पार्दै फिर्ता लिन सुझाव दिनुभयो । अध्यक्ष नेपालले संविधान संशोधनका नाममा अर्को गठबन्धन ल्याएको तर प्रधानमन्त्रीले त्यसलाई २०८७ सालसम्म टार्न खोजेको बताउनुभयो ।



अध्यक्ष नेपालले भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने जसपा नेपालको निर्णय स्वागतयोग्य रहेकाले दुविधामा नपर्न सुझाव दिनुभयो । उहाले वर्तमान सरकार देशका लािग ठूलो समस्यामा रुपमा रहेको बताउनुभयो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *