×

हरिहरपुरगढी–सिन्धुलीगढी एकिकरण पदमार्गमा नेपाली सेनाको आठ दिने पदयात्रा शुरु

खालीपाना न्युजडेस्क | १ महिना अगाडि

फाल्गुन ८। नेपाली सेनाले ऐतिहासिक गढी तथा किल्लाहरूको संरक्षण, पर्यटन प्रवर्द्धन, पुर्खाको सम्मानका लागि पदयात्रा सुरु गरेको छ । इतिहासलाई जगेर्ना गर्ने उद्देश्यले सिन्धुली जिल्लामा रहेको ऐतिहासिक दुई गढीहरु जोड्ने हरिहरपुरगढीबाट सिन्धुलीगढीसम्म पदयात्रा मिति २०८१।११।०७ गते बुधबारबाट शुरु गरेको छ ।

उक्त पदयात्राको उद्‍घाटन कार्यक्रम हरिहरपुरगढी गाउँपालिका वडा नं. १ स्थित ऐतिहासिक हरिहरपुरगढीमा श्री नं. ९ वाहिनी अड्डाका वाहिनीपति सहायक रथी श्री युवराज कार्की, सिन्धुली जिल्लाका प्रमुख जिल्ला अधिकारी, हरिहरपुरगढी गाउपालिकाका अध्यक्ष, श्री भवानीबक्स गणका गणपति, श्री नं. ९ वाहिनी अड्डा अन्तरगतका युनिटपतिहरु, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधीहरु, जिल्ला स्थित सरकारी तथा गैर सरकारी निकायका प्रतिनिधी, जिल्ला स्थित जनप्रतिनिधि, विद्यार्थी तथा स्थानिय ब्यक्तिहरुको सहभागितामा सम्पन्न भएको छ । करिब ७५ कि.मि. दुरी पदयात्रा ८ दिनमा पुरा गर्ने योजना अनुसार नेपाली सेनाको टोलीलाई हरिहरपुरगढी गाउपालिकाका अध्यक्षले पदयात्राको झण्डा हस्तान्तरण गरि ऐतिहासिक हरिहरपुरगढीबाट भब्यताका साथ बिदाई गरिएको छ ।

साथै, उक्त पदयात्राको समापन कार्यक्रम मिति २०८१।११।१४ गते कमलामाई नगरपालिका वडा नं. ३ स्थित ऐतिहासिक सिन्धुलीगढीमा महाशिवरात्री तथा सेना दिवसको उपलक्ष्यमा विशेष कार्यक्रमका साथ पदयात्रा समापन गर्ने योजना रहेको छ

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *