×

नेपाल कमर्श क्याम्पसको स्वबियु सभापतिमा मिलन भट्टराईको चर्चा

खालीपाना न्युजडेस्क | ४ हप्ता अगाडि

स्वबियु निर्बाचनको मिति नजिकिए सङै विभिन्न संगठनहरुले आफ्नो तयारी तिब्र पारिरहेका छन। भने यो सङै क्याम्पसमा जाने र बिद्यार्थीहरुबिच आफ्ना एजेण्डा सुनाउने र आफ्नो पक्षमा मावल खडा गर्न दिन रात बिद्यार्थी नेताहरु लागिपरेको देखिन्छ ।

त्रिबि स्वबियु निर्देशिका अनुसार २८ बर्ष मुनिका बिद्यार्थीहरु यो निर्बाचनमा संलग्न हुन पाउने ब्यबस्था रहेको छ। यसै क्रममा मुलुकको सबैभन्दा ठूलो बिद्यार्थी संगठन अनेरास्ववियुले पनि आफ्ना उम्मेदवार घोषणा गरिरहेको छ। उपत्यकामा रहेका ठुला क्याम्पसमा उम्मेदवार टुङो लागिसकेका छन भने केही क्याम्पसमा उम्मेदवार टुङो लाग्ने क्रममै छ ।

यसै बिच नेपाल कमर्श क्याम्पसमा पनि कसले सभापतिको टिकट पाउछ भन्ने चासो र चर्चा आम बिद्यार्थी माझ उत्पन्न भएको छ। नेपाल कमर्स क्याम्पस देशकै सबैभन्दा ठूलो क्याम्पस भएकाले र यहा २०६५ साल भन्दा पछि स्वबियु निर्वाचन नभएको कारण पनि यो चर्चाको शिखरमा छ। अहिलेसम्म उक्त क्याम्पसमा भएका बिद्यार्थि नेताहरु सबैको चर्चा भएपनी सभापतिको टिकट पाउनेमा बिद्यार्थी नेता मिलन भट्टराईको चर्चा सबैभन्दा धेरै रहेको पाइएको छ। सभापतिका दाबेदार मिलन भट्टराईले हामिसङ को कुराकानिको क्रममा आफू बिगत ६ बर्षबाट बिद्यार्थीको हकहितका निम्ति ग्राउण्डमै रहेर शैक्षिक मुद्दा उठाएको र ncc मा आउने सबै बिद्यार्थीलाई निस्वार्थ सेवा गरि विद्यार्थीहरुको सुखदुःखमा आफू सङ्गै रहेको र अनेरास्ववियु क्याम्पस कमिटी उपाध्यक्ष समेत भएको हुनाले आफू स्वाभाविक सभापतिको बलियो दाबेदार भएको र टिकट् पाउने र जित्नेमा कुनै सङ्का नभएको बताए।

उनले अनेरास्ववियु संख्यामा मात्र मुलुकको सबैभन्दा ठूलो नभएर बिद्यार्थीका शैक्षिक एजेन्डा र बिचारका हिसाबले पनि ठूलो भेएको र अहिले केन्द्रले नेताको नजिक भएको पात्र भन्दापनी जो बिद्यार्थी क्याम्पसमा आम बिद्यार्थीका माझ लोकपृय बलियो छ उसैलाइ टिकट दिने नीति अबलम्बन गरेका कारण पनि आफ्नो उम्मेदवारी झनै बलियो भएको बताएका छन । त्यस्तै स्वबियु सभापतिको दौडमा…. लागेका छन।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *