×

मूल्यबृद्धि तत्काल नियन्त्रण गर्न सरकारलाई लेखा समितिको निर्देशन

खालीपाना न्युजडेस्क | ३ हप्ता अगाडि

माघ ९ काठमाण्डौ ।प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले सिमेन्टमा भएको मूल्यबृद्धि तत्काल नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बुधबार बसेको समिति बैठकले अस्वभाविक रुपमा सिमेन्टमा मूल्यबृद्धि भएको देखिएको भन्दै बिस्तृत अध्ययन गरि तत्काल मूल्यबृद्धि नियन्त्रण गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो ।

कुनै पनि बस्तु वा सेवाको मूल्य निर्धारण गर्न तथा नियमित रुपमा परिक्षण गर्न मूल्य निर्धारण सम्बन्धी प्रविधिको बिकास गर्दै प्रयोगमा ल्याउन उद्योग मन्त्रालय र सम्बन्धीत निकायलाई समिति निर्देशन दिएको छ ।

बैठकले सिमेन्ट उद्योगमा लोडसेडिङ भएको जानकारी आएकाले सो बिषयमा ऊर्जा मन्त्रालयसंग जानकारी माग गर्ने निर्णय गरिएको सभापति ऋषिकेश पोखरेलले जानकारी दिनुभयो ।

बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले अघोषित लोडसेडिङ्का कारण उत्पादनमा ह्रास आएकाले केहि मूल्य बृद्धि भएको हुनसक्ने बताउनुभयो । उहाले सिमेन्ट उत्पादक र निर्माण व्यवसायीसँग समन्वय गरेर यससम्बन्धी समस्याको समधान गर्ने बताउनुभयो । बिभिन्न कम्पनीहरुले उत्पादन गरेका सिमेन्टहरुको मूल्य फरक फरक देखिएकाले एउटै मूल्य निर्धारण गर्ने गरि अघि बढ्ने उहाले बताउनुभयो ।

त्यस्तै बैठकमा निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवी सिंहले राज्यको मिलोमतोमा सिमेन्टको मूल्यबृद्धि भएको आरोप लगाउनुभयो । सिमेन्टको मूल्यबृद्धिमा तत्काल पुर्नमूल्याङ्कन हुन नसके आयोजनाहरुको लागत बढ्ने उहाले बताउनुभयो ।

समिति सदस्यहरुले समेन्टको मूल्यवृद्धिको कारणबारे अध्ययन गरि यसलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिएका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *