माघ ८ काठमाण्डौ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)को आयोजनामा सोमबारदेखि राजधानीमा जय नेपाल कप टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगिताको प्रथम राष्ट्रपति डा. रामबरण यादवले एक कार्यक्रमकाबीच त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा उद्घाटन गर्नुभयो । प्रतियोगिता उद्घाटन गर्दै डा. यादवले खेलकुद संस्कृति, विचार र विभिन्न क्षेत्रको विविधतालाई जोड्ने कडी रहेको बताउनुभयो । उहाँले पछिल्लो दुई दशकदेखि नेपालले क्रिकेटको क्षेत्रमा उदाउँदै गरेको देशको पहिचान स्थापित गर्न सफल भएको भएकोमा खुसी व्यक्त गर्दै खेलकुदमार्फत विश्वमा शान्ति र सद्भावको सन्देश फैलउन सकिने विश्वास व्यक्त गनुभयो। खेलकुदबाट देशको पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने र अनुशासित युवा शक्तिको विकासद्वारा समृद्ध नेपालको निर्माण हुने उहाँको भनाइ थियो ।
प्रतियोगिता अन्तर्गत आज भएको उद्घाटन खेलमा त्रिभुवन विश्व विद्यालयले विजयी सुरुआत गरेको छ । नेपाली राष्ट्रिय क्रिकेट लोकेश बमको शानदार ब्याटिङ मद्दतले त्रिभुवन विश्वविद्यालयले बाबासाहेब भीम राव अम्बेडकर विश्वविद्यालय बिहारलाई ८ विकेटले पराजित गरेको हो ।