×

नेपाल डेरी एसोसियसनको २६ औ साधारण सभा

खालीपाना न्युजडेस्क | ४ हप्ता अगाडि

काठमाडौँ । नेपाल डेरी एसोसियसनको २६ औ साधारण सभा तथा स्थापना दिवस २०८१ बुटवलमा सोमबार आयोजना हुने भएको छ ।

आईतबार बुटवलमा पत्रकार सम्मेलन गरि एसोसियसनका अध्यक्ष प्रल्हाद दाहालले बुटवलमा हुने २६ औ साधारण सभाको तयारी पुरा भएको जनाउनुभयो । उद्योगीहरुको हकहितमा अग्रसर संस्थाको माघ ७ गते सोमबार स्थापना दिवस अन्तरगत सातै प्रदेशका उत्कृष्ट उद्योगीहरुलाई सम्मान, दीर्घ सम्मान, राष्ट्रिय डेरी सम्मान, कृषि पत्रकारीता सम्मान गरिने उहाले बताउनुभयो । उहाले दैनिक संकलन उत्पादन ६२ लाख लिटर दुध उत्पादन हुने गरेकोमा त्यसको आधामात्र बजारमा खपत भईरहेको जानकारी दिनुभयो । निजी क्षेत्रको डेरी उद्योगमा अनुमानित लगानी ५० अर्ब रहेको र ५० हजार जनालाई रोजगार दिन सफल भएको उहाले बताउनुभयो ।

कार्यक्रममा एसोसियसनका लुम्बिनी प्रदेश अध्यक्ष थानेश्वर न्यौपानेले नेपालको राष्ट्रिय उत्पादनमा लुम्बिनी प्रदेशबाट कुल खाद्यान्न उत्पादनमध्ये दुधजन्य उत्पादन ४ लाख ८ हजार २०६ मेट्रिक टन अर्थात १७ दशमलव ९ प्रतिशत रहेको बताउनुभयो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *