×

रबि लामिछाने थप २ दिन प्रहरी हिरासतमा राख्न अदालतको आदेश

खालीपाना न्युजडेस्क | १ वर्ष अगाडि

पौष २९ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने लाई काठमाण्डौ जिल्ला अदालतले कम्तिमा थप दुई दिन न्यायिक हिरासतमा रहने गरि पठाएका छन् । सोमबारबाट सुरु भएको थुनछेक बहस नसकिएपछि पर्सि (बुधबार) हुनेगरी आजका लागि सकिएको हो ।

यो सँगै लामिछाने सोमबार र मंगलबार पनि काठमाडौं प्रहरीको हिरासतमा रहने भएका छन् ।काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा लामिछानेविरुद्ध पनि मुद्दा दर्ता भएको थियो । उक्त मुद्दाको बयानका लागि लामिछाने आइतबार काठमाडौं जिल्ला अदालत हाजिर भएका थिए ।

बयान नसकिएपछि न्यायाधीश माधवप्रसाद अधिकारीले आइतबार हिरासत पठाउने आदेश गरेका थिए । सोमबार पनि रवि पक्षका वकिलहरूले बाहिरै राख्न अनुरोध गरेका थिए ।
तर, उनले आइतबारको आदेशलाई नै निरन्तरता दिइएको इजलासबाटै जानकारी गराएका छन् । रबि लामिछाने गत शुक्रबार कास्की जिल्ला अदालतबाट ६५ लाख धरौटीमा रिहा भएका थिए। उनका समर्थकले हिजो काठमाण्डौ जिल्ला अदालतले गरेको फैसला पश्चात सरकार सरकार बिरुद्द नाराबाजी समेत गरेका थिए। आज पनि उनका समर्थक बाक्लो संख्यामा अदालत वरिपरि रहेका थिए तर प्रहरीले समर्थकलाई नै झुक्याएर अर्कै बाटो हुँदै जिल्ला प्रहरी परिसर लगिएको थियो। अब बुधवार मात्रै रविको बहसको टुङ्गो लाग्ने बताएका छन्।
उनलाई काठमान्डू सहित अन्य ५ स्थानमा समेत उजुरी परको छ। कास्की जिल्ला अदालतबाट धरौटीमा रिहा भएका रबि लामिछाने अन्य जिल्लाबाट सफाई पाउलान या पुर्पक्षका लागि थुनामा जालान यतिखेर सबैको चासोको बिषय बनेको छ। काठमाण्डू सहित चितवन पर्सा रुपन्देशी, बिरगंज लगायतका सहकारीमा उनि बिरुद्द मुद्दा दर्ता छ भने काठ माण्डौ जिल्ला अदालतमा भने उनि बिरुद्दको मुद्दामा थुनछेक बहस चलिरहेको छ।

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x