×

प्रतिनिधिसभाका सचिव हर्कराज राईले सभामुखबाट लिए शपथ

खालीपाना न्युजडेस्क | ४ महिना अगाडि

पौष १७ ।  काठमाण्डौ । 
प्रतिनिधिसभाका नवनियुक्त सचिव हर्कराज राईले पद तथा गोपनीयताको सपथ लिनुभएको छ । बुधबार सिंहदरबारमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नवनियुक्त सचिव राइलाई सपथ गराउनुभएको हो ।

सपथपछि सभामुख घिमिरेले राईलाई सफल कार्यकालको शुभकामना दिनुभयो । त्यस्तै उपसभामुख इन्दिरा राना, संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय, बिभिन्न दलका सचेतकहरुले पनि राइलाई शुभकामना दिएका थिए । सभामुख घिमिरेको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलवार राईलाई प्रतिनिधिसभाको सचिव पदमा नियुक्त गर्नुभएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *