पौष १५।रौतहटको राजदेवी नगरपालिका वडा नम्वर ५ स्थित पासवान टोलमा आगलागी हँुदा २० भन्दा बढि फुसको घर जलेको छ । स्थानिय बाबुलाल हजराको घरमा विद्युत सर्ट भएर लागेको आगोले अन्य घरमा समेत क्षति पुराएको हो ।
आगलागी भएको खवर पाउन साथ प्रहरी चौकी ब्रम्ह्पुरी, सशस्त्र प्रहरीको विओपी बेलविछवा र गौर नगरपालिकाको बारुण यन्त्र घटना स्थल पुगेको थियो । आगो मध्यराति लागेका कारण क्षति बढी भएको प्रहरीले अनुमान गरेको छ ।
घरमा राती सुतेको बेलामा आगोलागि भएकाले सर सामान निकाल्न नपाएको प्रहरीले बताएको छ । आगलागीका कारण मानवीय क्षति नभए पनि लता कपड़ा , अन्न लगायत जलेको प्रहरीले जनाएको छ ।