पौष १४ । काठमाडौं महानगरपालिकाले व्यवसायबाट विस्तापित गर्न खोजेको भन्दै कवाड व्यवसायीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
महानगरले व्यवसायबाट विस्तापित गराउन अनावश्यक दुःख दिएको भन्दै कवाड व्यवसायी संघर्ष समितिले आइतबार काठमाडौंमा विरोध प्रदर्शन गरेका हुन् ।
काठमाडौं महानगर प्रहरीहरुले कवाड व्यवासायीलाई दुःख दिएको, हातपात गरेको, कुटपिट गरेको र गाली बेइजती गरेको कवाड व्यवसायीहरुहरुको गुनासो छ ।
अदाललते कवाड नहटाउन आदेश दिएपनि महानगरले त्यसको विपरीत काम गरिरहेकाले महानगरबिरुद्ध आन्दोलन गर्नुपरेको संघर्ष समितिले जनाएको छ ।
भिडियो