×

प्रचण्डले नेपालमा अस्थीरताको बीउ रोपे: महासचिव शंकर पोखरेल

खालीपाना न्युजडेस्क | १ वर्ष अगाडि

पौष १२ ।  काठमाण्डौ ।नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी अध्यक्ष प्रचण्डले नेपालमा अस्थीरताको बीउ रोपेको आरोप लगाउनुभएको छ । शुक्रबार चितवनमा प्रेस चौतारी नेपाल चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले अस्थीरतालाई प्रचण्डले विशेषता बनाउन थालेकाले ठूला दलबीच गठबन्धन गर्नुपरेको समेत बताउनुभयो ।
३२ सिटले चमत्कार गर्छ भन्दै जनतामा भ्रम छर्न खोजेपछि जनताले अस्वीकार गरेका दलले शासन गर्ने प्रवृतिलाई अन्त्य गरिएको उहाले बताउनुभयो । महासचिव पोखरेलले ठूला दलको गठबन्धन सरकारका लागि मात्रै नभइ मुलुकको स्थायीत्व र बिकासका लागि भएको जिकिर गर्नुभयो । अहिले ठूला दल मिलेर सरकार बनाएपनि आगामी निर्वाचनमा एक्लाएक्लै प्रतिष्पर्धा गर्ने उहाको भनाइ छ ।

त्यस्तै महासचिव पोखरेलले पार्टीको मूल्य मान्यता र अनुशासन भित्र बस्न नसकेको कारण भीम रावललाई सदस्यबाट निष्कासित गर्नुपरेको बताउनुभयो । पार्टीले स्पष्टीकरण सोध्दा समेत त्यसलाई रावलले बेवास्ता गर्नुभएको पोखरेलले बताउनुभयो ।

अन्य दुई जना नेताहरूलाई गरिएको निलम्बन भने सचेत मात्र भएको उहाले बताउनुभयो ।निलम्बन पार्टीबाट बाहिर पठाउने काम नभएको बताउँदै उहाले पार्टी भित्रै प्रभाबकारी भूमिका खेल्न भविष्यका लागि अनुकूल वातावरण बनाउन सो कार्य गरिएको बताउनुभयो ।

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x