×

बालबालिकाहरुलाई सानैदेखि खेलकुद क्षेत्रमा लगाउन खेलकुदमन्त्री चौधरी सुझाव

खालीपाना न्युजडेस्क | ३ महिना अगाडि

पुस,११ काठमाडौँ। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले बालबालिकाहरुलाई सानैदेखि खेलकुद क्षेत्रमा लगाउन सुझाव दिनुभएको छ ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री चौधरीले अहिले बालबालिकाहरुमा मोवाइल धेरै हेर्ने समस्या देखिएकाले केहि समय खेलकुद क्षेत्रमा लगाउन सुझाव सुझाव दिनुभएको हो ।

उहाले बालबालिकाहरु खेलकुद लगाएत रचनात्मक क्षेत्रमा लगाउन सके बढ्ने र अन्य गतिविधिमा पनि रुची बढ्ने जिकिर गर्नुभयो ।

मन्त्री चौधरीले बालबालिकाहरुको रुची अनुसारको काम गर्न अभिभावकले प्रेरित गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा मन्त्री चौधरीले राष्ट्रिय स्तरको ह्याण्डराइटिङ प्रतियोगीतामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गर्नुभएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *