×

जनचाहनाअनुसार कानून निर्माण हुन सकेको छैन् : नारायणप्रसाद दाहाल

खालीपाना न्युजडेस्क | ३ महिना अगाडि

पुस,११ काठमाडौँ। राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले जनचाहनाअनुसार कानून निर्माणको काम हुन नसकेको बताउनुभएको छ ।

बिहीबार चितवनमा स्थानीय तहका जनप्रतिनिधि र जिल्लाका विभिन्न कार्यालय प्रमुखहरूसँगको कार्यक्रममा दाहालले कानुन निर्माणको काम पनि जनचाहनाअनुसार हुन नसकेको र बल्लबल्ल बनेका कानुनसमेत थन्किएर बसेको बताउनुभएको हो । प्रतिनिधिसभा अन्तर्गतका संसदीय समितिबाट समयमा नै विधेयक पारित हुन नसकेको उहाले बताउनुभयो । अध्यक्ष दाहालले सरकारले सदनलाई बिजनेस दिनुपर्नेमा जोड दिनुभयो । उहाँले स्थानीय तहसँगको समन्वय सम्पर्क र संवादको सबै तहमा कमी भएको अनुभूति भएको बताउनुभयो ।

उहाले सातै प्रदेशका प्रदेशसभा सदस्य र पालिकासँगको छलफलबाट मात्रै वर्तमान समयमा तीनै तहका सरकारबीच देखिएका समस्या समाधान गर्न सकिने उल्लेख गर्नुभयो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *