×

लिपुले प्रकरणमा गोकुल बास्कोटाको टिप्पणी : “शक्ति र स्वार्थको सामु सम्बन्धको वर्लीनवाल सजिलै ढल्दो रहेछ”

खालीपाना न्युजडेस्क | ५ महिना अगाडि

पुस,११ काठमाडौँ। भारत र चीनले लिपुलेक क्षेत्रको उपयोगबारे नेपाललाई बेवास्ता गर्दै सहमति गरेको खबरले राष्ट्रिय स्वाभिमानमाथि गम्भीर प्रश्न खडा गरेको छ। यो विषयलाई लिएर नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गरेका छन्।

बास्कोटाले फेसबुकमा लेखेका छन्, “शक्ति र स्वार्थको सामु सम्बन्धको वर्लीनवाल सजिलै ढल्दो रहेछ। लिपुलेक भारत र चीनले नेपाललाई वास्तै नगरी प्रयोग गर्ने सहमति गरेको खबर साँचो हो भने यो नेपाललाई हेप्ने र मिच्ने कुरा भयो।”

उनले थप लेखेका छन्, “हात्तीहरू जुझ्दा पनि पिरती लाउँदा पनि हामी नै पेलिनु पर्ने? सम्प्रभुता सानाठूला सबै देशको बराबर हुन्छ।”

बास्कोटाको यस टिप्पणीले सामाजिक सञ्जालमा चर्चा पाएको छ। धेरैले उनको भनाइलाई समर्थन गर्दै नेपालमाथि ठूला राष्ट्रहरूको हेपाहा प्रवृत्तिको कडा आलोचना गरेका छन्।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *