×

रविलाई बयानका लागि अदालत उपस्थित गरियो, लीलाको बयान चल्दै

खालीपाना न्युजडेस्क | ४ महिना अगाडि

पुस,११ काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम पूर्व गृह मन्त्रि रवि लामिछानेलाई बयानका लागि आज जिल्ला अदालत कास्की उपस्थित गरिएको छ । रवि लामिछानेसँगै हिरासतमा रहेका पूर्व डीआईजी छविलाल जोशी, लीला पछाई र रामबहादुर खनाललाई पनि अदालत लगिएको छ ।

हालसम्म छविलाल जोशीको बयान सकिएको छ भने लीला पछाईको बयान चलिरहेको छ । लीलाको बयान सकिएपछि रवि लामिछानेको बयान सुरु हुने जिल्ला अदालत कास्कीले जनाएको छ ।

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनको आरोपमा प्रहरीले अनुसन्धान रिपोर्ट जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएपछि सरकारी वकिल कार्यालयले अभियोग पत्र गत शुक्रबार र आइतबार अदालतमा दर्ता गरेको हो ।

सहकारीको १ अर्ब ५१ करोड रुपैयाँ अपचलन भएको भन्दै बिगो कायम गरिएको छ भने व्यक्ति र कम्पनी सहित ६३ जनालाई पर्तिबादी प्रतिवादी बनाएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *