×

१९ वर्षमुनिको महिला विश्वकपको तयारीका लागि नेपाली खेलाडीले प्रशिक्षण सुरु

खालीपाना न्युजडेस्क | १ वर्ष अगाडि

पौष ११ । काठमाण्डौ । मलेसियामा हुने १९ वर्षमुनिको महिला विश्वकपको तयारीका लागि नेपाली खेलाडीले प्रशिक्षण सुरु गरेका छन् ।
चितवनको भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमुना खेल मैदानमा बुधबारबाट प्रशिक्षण सुरु भएको हो । बन्द प्रशिक्षणमा खेलाडीसहित २३ जना सहभागी छन् । बन्द प्रशिक्षण यही पुस २२ गते सम्म चल्नेछ । बन्द प्रशिक्षण सकिएलगत्तै आउँदो जनवरीमा हुने प्रतियोगिताका लागि नेपाली टोली मलेसिया प्रस्थान गर्ने प्रशिक्षक महेश प्रसाद रिजालले जानकारी दिनुभयो ।

अण्डर १९ महिला क्रिकेट टिमका कप्तान पुजा महतोले चितवनको खेल मैदान राम्रो भएको र आफुहरुलाई चितवनमा अभ्यास गर्न पाउदा खुशी लागेको बताउदै अभ्यासको क्रममा आफुहरुमा रहेको कमजो पक्षलाई सुधार गर्ने बताउनुभयो ।
अभ्यासका लागि चितवन पुगेका खेलाडीहरु लाई भरतपुर महानगर पालिकाकी मेयर रेनु दाहाल र उपमेयर चित्रसेन अधिकारीले स्वागत गर्नु भएको थियो । भरतपुर महानगर पालिकाकी मेयर रेनु दाहालले चितवनमा बन्दै गरेको रंगशालाको नमुना मैदानमा हुने अभ्यासले रंगशाला निर्माणमा दबाब पर्ने बताउनु भयो ।

भरतपुर महानगर पालिकाका उपमेयर चित्रसेन अधिकारीले विश्व कप खेलको लागि चितवनलाई छनौट गरेकोमा क्यानलाई धन्यबाद दिदै विश्व कप प्रतियोगितामा बिजयको लागि अग्रिम शुभकामना दिनु भयो ।अभ्यास खेलमा आएका खेलाडीहरु लाई महानगरको तर्फ बाट सहयोग गर्ने उहाले बताउनु भयो ।

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x