×

भारतका प्रसिद्ध गायक सोनु निगम काठमाडौंमा

खालीपाना न्युजडेस्क | ४ महिना अगाडि

पौष ११।काठमाण्डौ।भारतका प्रसिद्ध गायक सोनु निगम काठमाडौं आउनुभएको छ । सोनु निगम लाइभ इन नेपाल सांगीतिक कार्यक्रमका लागि उहाँ बुधबार काठमाडौं आउनुभएको हो ।

काठमाडौंमा सोनु निगमलाई कमेडियन सन्दीप क्षेत्री लगाएत आयोजकले स्वागत गरेका थिए । काठमाडौं आएपछि त्रिभुवन बिमानस्थलमा सञ्चारकर्मीसंग संक्षिप्त कुराकानी गर्दै उहाले समयको निकै चाप भएपनि नेपाली प्रशंसकलाई भेट्न आफु नेपाल आएको बताउनुभयो । उहाले नेपाल आउदा निकै उत्साहीत भएको उल्लेख गर्नुभयो ।

नेपाली टच नेपालले क्रिसमसको अवसर पारेर सांगीतिक कार्यक्रमको आयोजना गरेको हो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *