×

वीर अस्पताल सात बर्षपछि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट अलग हुने

खालीपाना न्युजडेस्क | १२ महिना अगाडि

पुस,९ काठमाडौँ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट वीर अस्पताल सात बर्षपछि छुट्‌िटने भएको छ ।

मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समिति बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको छलफलका क्रममा कानून बनेको सात बर्षपछि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट वीर अस्पताल छुट्‌िटने प्रावधानमा सहमति भएको हो । समिति सभापति बिमला सुवेदीले विधेयकको दफा ४४ को सन्दर्भमा विधेयकमा भएको व्यवस्था अनुसार प्रतिष्ठान र वीर अस्पताल सात बर्षपछि छुट्‌िटने प्रस्ताव पारित भएको जानकारी दिनुभयो ।

बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसीयाले सात बर्षको अवधिमा प्रतिष्ठानले आवश्यक पूर्वाधार तयार गर्न नसकेको खण्डमा आपसी समझदारीमा केहि समय थप गर्ने व्यवस्था विधेयकमा नै उल्लेख गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै बैठकमा स्वास्थ्य तथा जनसङ्ख्‌या मन्त्री प्रदीप पौडेलले औषधी उत्पादनलाई व्यवस्थित गर्न औषधी सम्बन्धी ऐनको मस्यौदा निर्माण काम अन्तिम चरणमा पुगेको र संसदको आगामी अधिवेशनमा पेश गर्ने गरि तयारी भएको बताउनुभयो ।

मन्त्री पौडेलले औषधी उत्पादन अनुज्ञापत्र, सिफारिस पत्र र प्रमाणपत्रको नवीकरण हरेक बर्ष गर्नुपर्ने अवस्थालाई अन्त्य गर्नका लागि प्रमाणपत्रको म्याद बढाउने प्रस्ताव ल्याइएको समेत जानकारी दिनुभयो ।

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x