×

बिचार स्वतन्त्रतामाथि बन्देजको बिरोधमा लड्‌नुपर्छ : सभामुख घिमिरे

खालीपाना न्युजडेस्क | ४ महिना अगाडि

पुस,९ काठमाडौँ। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बिचार स्वतन्त्रतालाई बन्देज लगाउने कार्यका बिरुद्ध लड्‌नुपर्ने बताउनुभएको छ ।

मंगलबार काठमाडौंमा आयोजित नेपाल पत्रकार महासंघका नवनिर्वाचित केन्द्रीय कार्य समितिलाई पद हस्तान्तरण समारोहमा सभामुख घिमिरेले बिचार मिले स्वतन्त्रताका कुरा निकाल्ने र असहमति भए बिचारलाई नै बन्देज लगाउने कार्यबिरुद्ध लड्‌नुपर्ने बताउनुभयो ।

उहाले लोकतन्त्रको सुन्दर पक्ष नै बिचार अभिव्यक्तिको स्वतन्त्रता भएको जिकिर गर्नुभयो । सभामुख घिमिरेले पेशागत हकहितको संरक्षणका साथै आफ्‌नो मूल्यमान्यताका साथ अघि बढ्‌न महासंघलाई सुझाव दिनुभयो ।

संस्थाको नेतृत्वमा भइरहेको गतिविधिमा आफु सकारात्मक रहेको भन्दै उहाले अव आउन सक्ने चूनौतिलाई पनि महासंघको नेतृत्वले सहि ढंगले सामना गर्ने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै महासंघकी नवनिर्वाचित अध्यक्ष निर्मला शर्माले श्रमजिवि पत्रकारको मुद्दामा महासंघ सदैव लड्‌ने बताउनुभयो । बिभिन्न आस्थाका आधारमा महासंघको चूनावमा प्रतिष्पर्धा गरेपनि महासंघमा आएपछि सवैलाई एकतावद्ध भएर अघि बढाउने उहाको भनाइ छ ।

कार्यक्रममा महासंघका नवनिर्वाचित केन्द्रीय कार्य समिति सदस्यहरुलाई प्रमाणपत्र बितरण गरिएको थियो भने नवनिर्वाचित अध्यक्ष शर्माले पदभार ग्रहण गर्नुभएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *