पुस, काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम पूर्व गृह मन्त्रि रवि लामिछानेलाई राज्य व्यवस्था समिति सदस्यबाट समेत हटाइएको छ।
सहकारी ठगीका साथै संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा दयार भएपछि संघीय संसद सचिवालयले सोमबार लामिछानेलाई प्रतिनिधिसभा सदस्यबाट निलम्बन गरेको थियो ।
लामिछाने प्रतिनिधिसभा सदस्यबाट निलम्बित भएसँगै राज्य व्यवस्था समितिको सदस्यबाट समेत हटाईएको राज्य व्यवस्था समिति सभापति रामहरि खतिवडाले जानकारी दिएका हुन् ।
रबि लामिछाने राज्य व्यवस्था समितिका सदस्य थिए । मंगलबारको बैठकमा सभापति खतिवडाले सांसद पदबाट निलम्बित भएसँगै राज्य व्यवस्था समितिबाट समेत निलम्बित भएको जानकारी दिएका हुन् ।
रवि लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा कास्की जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता भएको छ। रवि लामिछाने २ कात्तिकमा पक्राउ परेको थिए।