×

संविधान संशोधनका लागि कांग्रेस – एमाले कार्यदल गठन गर्ने : गृहमन्त्री लेखक

खालीपाना न्युजडेस्क | ४ महिना अगाडि

पुस,९ काठमाडौँ। गृहमन्त्री रमेश लेखकले कांग्रेस र नेकपा एमालेको कार्यदल बनाएर संविधान संशोधनको छलफलको प्रक्रियालाई प्रारम्भ गर्ने बताउनुभएको छ ।

नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको नवौं राष्ट्रिय महाधिवेशन तथा ४२ औं वार्षिक साधारण सभामा बोल्दै गृहमन्त्री लेखकले सरकारले संविधान संशोधन गर्न आवश्यक गृहकार्य अघि बढाइसकेको भन्दै छिटै दुई दलीय कार्यदल बनाएर छलफल सुरु गर्ने बताउनुभएको हो । उहाले संविधान संशोधनका लागि राष्ट्रिय सहमति बनाउने जिकिर गर्नुभयो ।

संविधानको समिक्षाका साथै बिषयबस्तुको पहिचान गरेर संशोधनको प्रक्रिया अघि बढाइने उहाले बताउनुभयो । गृहमन्त्री लेखकले संविधान संशोधनका लागि भने केहि समय लाग्ने धारणा राख्नुभयो ।

उहाले समावेशितालाई कमजोर गर्न नभई थप सुदृढ बनाउनका लागि संविधान संशोधन गरिने प्रतिवद्धता जनाउनुभयो ।

लेखकले संविधानको भावना अनुसारको कानून बन्न नसकेकाले दलित समूदायको अधिकार प्रत्याभूत हुन नसकेको उल्लेख गर्नुभयो । दलित समूदायको अधिकार स्थापीत गर्नका लागि थप कानून निर्माण गर्ने उहाको भनाइ छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *