×

स्वदेशी बस्तु प्रोत्साहन गर्न सरकार प्रतिवद्ध छ : आपूर्तिमन्त्री भण्डारी

खालीपाना न्युजडेस्क | १ महिना अगाडि

पुस,९ काठमाडौँ। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशी बस्तुको प्रोत्साहन गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।

मंगलबार सिंहदरबारमा काठमाडौं, ललितपुर र भक्तपुरका महिला उद्यमीहरुसंगको छलफलका क्रममा मन्त्री भण्डारीले स्वदेशमा उत्पादित हस्तकला लगाएतका अन्य सामाग्रीहरुको प्रयोगमा प्रोत्साहन गर्ने सरकारको नीति रहेको बताउनुभएको हो । स्वदेशी बस्तुको बजार व्यवस्थापनका लागि समेत मन्त्रालयले काम गरिरहेको उहाले बताउनुभयो ।

मन्त्री भण्डारीले बाणिज्य बिभागमा स्वदेशी बस्तु भनेर जानकारी गराइएका सामाग्रीहरुलाई मन्त्रालयले बिभिन्न प्रयोजनका लागि प्रयोग गर्ने उल्लेख गर्नुभयो । स्वदेशी उत्पादन भएका बस्तुको प्रयोगसम्बन्धी कार्यविधिलाई अघि बढाउनका लागि सरोकारवाला निकायसंग छिटै छलफल गरिने मन्त्री भण्डारीले बताउनुभयो ।

महिला उद्यमीहरुले सरकारी तथा सार्वजनिक निकायमा कार्यरत कर्मचारीहरु तथा पदाधिकारीहरुले उपलव्ध भएसम्म स्वदेशी उत्पादन भएका बस्तुको प्रयोगसम्बन्धी निर्देशिका २०८१ पारित भएकोप्रति मन्त्री भण्डारीलाई धन्यवाद दिएका थिए ।

उनीहरुले उक्त निर्देशिका शीघ्र कार्यान्वयन गर्नका लागि मन्त्री भण्डारीको ध्यानाकर्षण गराएका थिए । महिलाहरुबाट उत्पादित हस्ताकला सामाग्रीहरु सरकारी स्तरमा प्रयोगमा ल्याउन सके नेपालको अर्थतन्त्रलाई थप टेवा पुग्ने महिला उद्यमीहरुको विश्वास छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *