×

बालकोट हत्याकाण्ड : मिलन आचार्यले प्रहरीसमक्ष गरे आत्मासमर्पण

खालीपाना न्युजडेस्क | ४ महिना अगाडि

पुस,९ काठमाडौँ। भक्तपुर बालकोटमा भएको बाबुछोराको हत्याको घटनापछि फरार रहेका मिलन आचार्य मंगलबार बिहान महाराजगन्ज प्रहरी वृत्तमा आत्मसमर्पण गरेका छन्। उनले आफ्नै बाबु र भाइको हत्या गरेको स्वीकार गरेका छन्।

५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षीय छोरा प्रवीण आइतबार बिहान बालकोटस्थित डेरामा मृत अवस्थामा फेला परेका थिए। कुलप्रसादका जेठा छोरा मिलन घटना लगत्तै सम्पर्कविहीन भएका थिए। अनुसन्धानमा उनी आइतबार बिहान ३ बजे स्कुटरमा डेराबाट निस्केको पुष्टि भएको थियो।

प्रहरीका अनुसार कुलप्रसाद आचार्य खोटाङ जिल्ला हुलाक कार्यालयका निमित्त कार्यालय प्रमुख थिए। कार्यालयकै कामका सिलसिलामा उनी ५ दिनअघि काठमाडौं आएका थिए। उनका कान्छा छोरा प्रवीण बिएस्सी दोस्रो वर्षमा अध्ययनरत थिए।

शनिबार राति तीनै जना डेरामा सँगै बसेको बताइए पनि आइतबार बिहानदेखि कोठाबाहिरबाट बन्द थियो। सोमबार दिउँसो स्थानीयले प्रहरीलाई खबर गरेपछि ढोका खोल्दा दुबै जनाको शव फेला परेको थियो। बाबुको शव एउटा कोठामा र भाइको शव किचनमा फेला परेको थियो। किचनमा सिलौटोमा कपाल र रगत देखिएको तथा हत्यामा डम्बबेलको समेत प्रयोग भएको आशंका छ।

मिलन स्नातक तह पूरा गरी लोकसेवा आयोगको तयारी गरिरहेका थिए। प्रहरीले हाल उनलाई नियन्त्रणमा राखी घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *