×

ललितपुरमा एक युवाको हत्या, ३ जना पक्राउ

खालीपाना न्युजडेस्क | ४ महिना अगाडि

पुस,९ काठमाडौँ। ललितपुरमा एक जना युवाको हत्या भएको छ।

सोमबार राति ललितपुर महानगरपालिका-९ च्यासलस्थित द टाउन क्याफेमा सुनसरी घर भएका २३ वर्षीय नयन गुरुङको हत्या भएको हो।

गुरूङमाथि तीन जना व्यक्तिहरूले कुटपिट तथा चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ।

हत्या गरेको आरोपमा उक्त रेष्टुरेन्टमै काम गर्ने च्यासल बस्ने २६ वर्षीय हेमराज भट्ट, काभ्रेका २२ वर्षीय जनकबहादुर तामाङ र दार्चुलाका ४१ वर्षीय पदमलाल भट्टलाई प्रहरीले पक्राउ गरेको छ।

बेलुका डिनर खाएको बिल तिर्ने विषयमा विवाद हुँदा चक्कु प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

राति ९ बजेर २० मिनेटतिर भएको उक्त घटनापछि चक्कु प्रहार गर्ने भट्टलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान कार्य अघि बढाएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *