पुस,९काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवम पूर्वगृहमन्त्री रवि लामिछानेसहित चार जनालाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।
सहकारी ठगीमा प्रकरणमा मुद्दा दायर भएका रवि लामिछाने, छविलाल जोशी, लिला पछाई र रामबहादुर खनाललाई अदालत उपस्थित गराएको हो ।
चार जनालाई अदालत उपस्थित गराइए पछि छविलाल जोशीको बयान चलिरहेको छ । छवि जोशीको बयान सकिएपछि मात्रै अरूको बयान सुरु हुनेछ ।
छविको बयान हुँदा अरुलाई जिल्ला अदालत कास्कीमै राखिएको छ । सञ्चालक कृष्ण गुरूङलाई भने बिरामी परेका कारण अस्पताल लगिएको छ ।
सोमबारदेखि न्यायाधीश नीतिज राईको इजलासमा बयान सुरू भएको हो ।
उनीहरूविरुद्ध सहकारी ठगीका साथै संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा चलाइएको छ ।