पुस,९ काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सांसद पदबाट निलम्बित हुनुभएको छ ।
सोमबार संसद सचिवालयले लामिछानेको पद निलम्बनमा परेको सूचना प्रकाशित गरेको हो । संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनामा कास्की जिल्ला अदालतमा लामिछाने विरुद्ध सम्पत्ती शुद्धीकरणको मुद्दा दायर भएकाले मुद्दा किनारा नभएसम्म निलम्बनमा रहने कानुनी व्यवस्था रहेको उल्लेख गरिएको छ ।
कास्की प्रहरीले लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराधसहित सम्पत्ति शुद्धीकरणमा कास्की जिल्ला अदालतमा अभियोगपत्र दर्ता भएको जानकारीसहित पत्र संघीय संसद सचिवालयलाई पठाएको थियो । पत्र प्राप्त भइसकेपछि सभामुख देवराज घिमिरेले पद निलम्बनमा परेको सूचना प्रकाशित गर्न आदेश गरेअनुसार सूचना प्रकाशित गरिएको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो । सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा २७ अनुसार थुनामा रहेको अवधिभर र निजउपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म स्वतः निलम्बन भएको मानिनेछ भन्ने व्यवस्था रहेको उहाले बताउनुभयो ।
सहकारी ठगीका आरोपित लामिछानेसहितका प्रतिवादीको जिल्ला अदालत कास्कीमा सोमबारदेखि नै बयान सुरु भएको छ भने रास्वपाले डीपी अर्याललाई कार्यवहाक सभापतिको जिम्मेवारी दिएको छ ।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.