पुस,९ काठमाडौँ। उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ऊर्जा क्षेत्रले नै देशका नागरिकलाई समृद्ध बनाउने बताउनुभएको छ ।
सोमबार संखुवासभाको खांदबारीमा आयोजित कांग्रेसकोे १०० दिने विशेष सांगठनिक अभियान कार्यक्रममा मन्त्री खड्काले १८ देखि २० प्रतिशत गरिवीको रेखामूनी रहेका जनताले हरेक आयोजनाबाट जलविद्युतको शेयर पाउने व्यवस्था गरिएको भन्दै ऊर्जा क्षेत्रले नै देशका नागरिकलाई समृद्ध बनाउने बताउनुभएको हो ।
उहाले विगतका बर्षमा बार्षिक १८ अर्बसम्मको विजुली भारतबाट किन्दै आएकोमा पछिल्लो ५ महिनामा साढे ९ सय मेगावाट विजुली बेचेको बताउनुभयो ।
५ महिनामा बिक्रि गरिएको विजुलीले व्यापार घाटा समानान्तर भएको उहाले दाबी गर्नुभयो ।
मन्त्री खड्काले सरकारले आगामी दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युतीकरण गरिसक्ने लक्ष्य लिएको बताउनुभयो ।