×

शेर बहादुर देउवाले पार्टीलाई आफ्‌नो अनुकुल मात्र चलाउनु भयो: डा शेखर कोइराला

खालीपाना न्युजडेस्क | १ वर्ष अगाडि

पुस,८ काठमाडौँ। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टी सभापति शेर बहादुर देउवाको कार्यशैलीको विरोध गर्नुभएको छ । सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औं जन्मजयन्तीका अवसरमा सोमबार काठमाडौंमा आयोजित किसुनजीको जीवन र व्यक्तित्व बिषयक बिचार गोष्ठीमा कोइरालाले पार्टीलाई आफ्‌नो अनुकुल ढंगले अघि बढाएको भन्दै पार्टी सभापति देउवाको कार्यशैलीको विरोध गर्नुभएको हो । उहाले आफ्‌ना कुराहरुलाई पार्टी सभापतिले गम्भीरतापूर्वक नलिएका कारण समय समयमा पार्टीभित्र भागवण्डाको कुरा उठ्‌ने गरेको जिकिर गर्नुभयो । पार्टी सभापतिले अन्य नेताहरुको कुरा नसुन्दा राजनीति गर्नेहरुलाई अप्ठेरो पर्ने उहाको भनाइ छ । कोइरालाले गुटलाई फस्टाइदिने काम पार्टी सभापतिले गरेको आरोप समेत लगाउनुभयो ।
कोइरालाले बिभिन्न कारणले अहिले पार्टीभित्र बिचलन देखिएको कुरालाई सवैले स्वीकार गर्नुपर्ने धारणा राख्नुभयो ।

कृष्णप्रसाद भट्टराईको दृढ संकल्प गर्ने बानी आफुले सदैव स्मरण गर्ने उहाले बताउनुभयो । कोइरालाले कृष्णप्रसाद भट्टराई, गणेशमान, वीपी लगाएतका कांग्रेसका अग्रज नेताहरुलाई बिर्सिए कांग्रेस नै नरहने धारणा राख्नुभयो । सन्त नेता भट्टराईको जन्म विक्रम सम्बत् १९८१ पुस ८ गते भारतको बनारसमा भएको थियो । उहाका पिता राणा शासनमा निर्वासित भएपछि परिवारले नै भारतको बनारसमा निर्वासित जीवन बिताएको थियो । नेता भट्टराईले नेपालको १०४ वर्ष लामो निरङ्कुश राणा शासन समाप्त पार्न महत्वपूर्ण भूमिका खेल्नुभएको थियो ।

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x