×

ब्याडमिन्टन प्रतियोगीता २०२४ सोमबारबाट काठमाडौंमा सुरु

खालीपाना न्युजडेस्क | १ महिना अगाडि

पुस,८ काठमाडौँ।  नेपाल ब्याडमिन्टन संघको आयोजनमा योनेक्स सनराईज नेपाल अन्तराष्ट्रिय च्यालेन्ज २०२४ सोमबारबाट काठमाडौंमा सुरु भएको छ ।

बिश्व ब्याडमिन्टन महासंघ र ब्याडमिन्टन एशियाको स्विकृतीमा सुरु योनेक्स सनराईज नेपाल च्यालेन्ज २०२४ मा बिश्वका ५ महादेशका नेपाल सहित २२ देशका खेलाडीहरुको सहभागतिा रहेको छ । पुरुष/महिला एकल तथा युगल र मिक्स युगल गरि ५ विधामा प्रतिस्पर्धा हुने ब्याडमिन्टन संघले जनाएको छ ।

प्रतियोगीताको सोमबार दशरथ रंगशालाको कवर्ड हलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्‌घाटन गर्नुभयो । सो क्रममा प्रचण्डले अन्तराष्ट्रिय प्रतियोगीताले बिभिन्न देशसंगको सम्बन्ध र भाइचारा थप प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो । यस्ता प्रतियोगीताले खेलामा बिभिन्न प्रकारका खेल आयोजना हुनसक्ने सन्देश बिश्वभर जाने र नेपालको पर्यटन क्षेत्रको बिकासमा समेत मद्दत पुग्ने उहाले बताउनुभयो ।

प्रचण्डले आफु प्रधानमन्त्री हुँदा खेल पूर्वाधारको बिकासमा ध्यान केन्द्रीत गरेको जिकिर गर्नुभयो ।

१५ हजार अमेरिकी डलरको पुरस्कार राशी रहेको प्रतियोगितामा सवै विधाका विजेता, उपविजेता, सेमिफाईनलिष्ट र क्वाटरफाईनलिष्टका खेलाडीहरुले क्रमशः १२ सय डलर, ७२० डलर, ६ सय डलर र ४८० डलर प्राप्त गर्नेछन् । यस्तै च्यालेन्जको लगतै १२ गते शुक्रबार देखि १४ गते आईतबार सम्म योनेक्स सनराईज नेपाल जुनियर अन्तराष्ट्रिय सेरिज २०२४ आयोजना हुनेछ । जसमा नेपाल सहित भारत, न्युजिल्याण्ड, मलेशिया, थाईल्याण्ड, ईरान, युनाईटेड अरव ईमिरेट्‌सका खेलाडीहरुको सहभागिता रहने संघले जनाएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *