×

आत्महत्या रोकथाम सम्बन्धमा प्रभावकारी काम हुन सकेको छैन : सांसद

खालीपाना न्युजडेस्क | ४ महिना अगाडि

पुस,८ काठमाडौँ।  सांसदहरुले आत्महत्या रोकथाम सम्बन्धमा प्रभावकारी काम हुन नसकेको बताएका छन् ।

सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समिति बैठकमा उनीहरुले आत्महत्या दर दिनहु बढ्‌दै गएको अवस्थामा पनि आत्महत्या रोकथाम सम्बन्धमा प्रभावकारी काम हुन नसकेको बताएका हुन् ।

साथै उनीहरुले आत्महत्या बढ्‌दै जानुको कारणको पहिचान गरि प्रभावकारी जनचेतनामूलक कार्यक्रम गर्न सरकारलाई सुझाव दिएका थिए । बैठकमा गृह मन्त्रालयका सहसचिव भरतमणि रिजालले वडास्तरीय आत्महत्या न्यूनिकरण तथा व्यवस्थापन कार्यदल गठन गरेर बिभिन्न चेतनामूलक कार्यक्रम गर्दै आएको जानकारी दिनुभयो ।

परामर्शसहितको चेतनामूलक कार्यक्रम, मनोपरामर्श, योग तथा ध्यान अभ्यास लगाएतका कार्यक्रमहरु वडास्तरबाटै सञ्चालन भइरहेको उहाले बताउनुभयो । मन्त्रालयले कार्ययोजना नै बनाएर आत्महत्या न्यूनिकरण अभियान सुरु गरिसकेको उहाको भनाइ छ ।
बैठकमा स्वास्थ्य मन्त्रालयका प्रतिनिधिहरुले सय बेडभन्दा बढिको अस्पतालमा अनिवार्य रुपमा मानसिक स्वास्थ्य चिकित्सक खटाउने व्यवस्था रहेको जनाएका थिए । त्यस्तै हाल प्रत्येक दिन २० जनाले आत्महत्या गर्ने तथ्याङ्क रहेको उनीहरुले जानकारी दिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *