×

ऋषिकेश पोखरेलको राजीनामा माग

खालीपाना न्युजडेस्क | १ महिना अगाडि

पुस,८ काठमाडौँ। नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा माग गर्नुभएको छ ।

सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा माओवादी सांसद मोदीले समिति सरकारको छाया जस्तो देखिएको भन्दै सभापति पोखरेलको राजीनामा माग गर्नुभएको हो । सरकारलाई चेक एण्ड व्यालेन्स गर्ने समितिका सभापतिबिरुद्ध नै आर्थिक लेनदेनको कुरा उठेकाले मार्गप्रसस्त गर्नुपर्ने उहाले बताउनुभयो । उहाले सहकारीका बारेमा सभापति पोखरेल र परिवारमागि पनि प्रश्न उठेकाले केहि न केहि जवाफ दिनुपर्ने जिकिर गर्नुभयो । सांसद मोदीले लेखा समितिको सभापति प्रतिपक्षीले पाउनुपर्ने दोहराउनुभयो ।

त्यस्तै एमाले सांसद योगेश भट्टराईले लेखा समितिका सभापतिकै बारेमा आर्थिक लेनदेनमा कुरा उठेको अवस्थामा प्रष्ट पार्नुपर्ने बताउनुभयो । आर्थिक लेनदेनमा आफू ठिक ठाउँमा उभिए मात्रै अरुमाथि नियमन गर्न सहज हुने उहाको भनाइ छ । उहाले सभापति र उहाको परिवारका बिषयमा कुरा उठिसकेपछि न्यायिक निरुपणमा जान सुझाव दिनुभयो । उहाले समिति सभापति परिवर्तन गर्ने बिषयमा राजनीतिक समझदारी आवश्यक रहेको उल्लेख गर्नुभयो ।

समिति सभापति ऋषिकेश पोखरेलले नीतिगत रुपमा आफुमाथि उठेका बिषयमा बिभिन्न ठाँउमा जवाफ दिएको बताउनुभयो । कानूनी प्रक्रियामा रहेका बिषयको सवै परिक्षामा समावेश हुन आफु तयार रहेकाले समितिमा यस बिषयका केहि नबोल्ने उहाले बताउनुभयो । उहाले सभापति चयनका बिषयमा दलहरुबीचको सहमति स्वीकार्य हुने धारणा राख्नुभयो ।

करिव चार महिनापछि बसेको बैठकमा बेरुजु छलफलको प्रगति समिक्षासम्बन्धी विषयमा सामान्य छलफल भएको थियो । सभापति पोखरेलले अव समितिलाई क्रियाशिल बनाउने बताउनुभयो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *