×

रवि लामिछानेलाई सांसद पदबाट निलम्बन नगर्न सभामुखलाई रास्वपाको आग्रह

खालीपाना न्युजडेस्क | ४ महिना अगाडि

  पुस,८ काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम पूर्व गृह मन्त्रि रवि लामिछानेलाई सांसद पदबाट निलम्बन नगर्न रास्वपाले सभामुख देवराज घिमिरेलाई आग्रह गरेको छ ।

रास्वपा सांसद सन्तोष परियार, सोभिता गौतम र गणेश पराजुली लगायतले सोमबार सिंहदरवारमा सभामुखलाई भेटेर पदबाट निलम्बन नगर्न आग्रह गरेका हुन् ।

यसअघि रास्वपाका नेताहरूले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा कानुन विज्ञहरूसँग परामर्श समेत गरेका थिए ।

रवि लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा कास्की जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता भएको छ ।

रवि २ कात्तिकमा पक्राउ परेको र आइतबार मुद्दा दर्ता भएको भनेर जिल्ला प्रहरी कार्यालय कास्कीले सभामुख घिमिरेलाई जानकारी गराइसकेको छ ।

प्रतिनिधि सभा सदस्य नियमावलीमा प्रचलित ऐनमा अन्यथा लेखिए बाहेक कुनै पनि कसुरमा पक्राउ परेको प्रतिनिधि सभा सदस्य पुर्पक्षका लागि थुनामा गएको अवस्थामा निलम्बनमा पर्ने उल्लेख छ ।

यससम्बन्धी व्यवस्था प्रतिनिधि सभा नियमावलीको नियम २४८ मा छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *