पुस,८ काठमाडौँ। गृह मन्त्रालय र काठमाडौँ विश्वविद्यालय अन्तर्गतको मानसिक स्वास्थ्य विभागबीच मानसिक स्वास्थ्य अध्ययन-अनुसन्धानका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सोमबार मन्त्रालय आयोजित एक कार्यक्रमकाबीच गृह मन्त्रालयका विपद् महाशाखा प्रमुख डा टोकराज पाण्डे र विश्वविद्यालयका मानसिक स्वास्थ्य विभाग प्रमुख डा दीपक कुँवरले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो ।
समझदारीपत्रमा हस्ताक्षर भएसंगै अव आत्महत्याको कारण, कारक र निदानको उपायको खोजीका लागि काठमाडौँ विश्वविद्यालयले अध्ययन र अनुसन्धान काठमाडौँ विश्वविद्यालयले गर्ने गृह मन्त्रालयले जनाएको छ । सो क्रममा गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालय र काठमाडौँ विश्वविद्यालयको प्रयासमा आत्महत्याका घटनालाई नियन्त्रण र न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
आत्महत्याको विषय गम्भीर रहेको र प्रत्येक दिनको रेकर्ड निकै डरलाग्दो रहेकाले यस बिषयमा आवश्यक अनुसन्धान आवश्यक रहेको उहाको भनाइ छ ।
सहमति अनुसार मानसिक स्वास्थ्य विभागले टेलिमेडिसिनमार्फत त्यस्ता मान्छेलाई मनोपरामर्श दिनेछ भने आत्महत्या नियन्त्रण र न्यूनीकरणसम्बन्धी मानसिक स्वास्थ्य विभागले नेपाल प्रहरीलाई पनि आधारभूत तालिम समेत दिनेछ ।