×

ख्रीष्टमसको अवसरमा राक्सिराङमा २ दिन सार्वजनिक बिदा

खालीपाना न्युजडेस्क | १ महिना अगाडि

पुस,८ काठमाडौँ। मकवानपुरको राक्सिराङ गाउँपालिकाले इसाई धर्मावलम्बीहरूको पर्व ख्रिष्टमसको अवसरमा २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै ख्रिष्टमसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

उक्त गाउँपालिकामा इसाई धर्मावलम्वीहरुको उल्लेख्य बसोबास रहेकाले पुस ९ र १० गते २ दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष रजकुमार मल्लले जानकारी दिएका छन ।

उक्त अवधिमा गाउँपालिकाभित्रका सम्पूर्ण सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्थाहरू बन्द रहनेछन् ।

अध्यक्ष रजकुमार मल्लका अनुसार ख्रिष्टमस पर्वले बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक, जातीय विविधतायुक्त यस गाउँपालिकाका सम्पूर्ण जनतामा आपसी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायम राख्न जरुरी छ ।

ख्रिस्टमसले बन्धुत्व, प्रेम र समताको भावना बढाई शान्त, समुन्नत तथा समृद्ध राक्सिराङ बनाउन प्रेरणा प्रदान गर्ने उनले विश्वास व्यक्त गरेका छन् ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *