×

यु-१९ खेलेर नेपाली टोली आइतबार स्वदेश फर्कियो

खालीपाना न्युजडेस्क | ४ महिना अगाडि

पुस,८ काठमाडौँ।  एसिसी महिला यु-१९ एसिया कप खेलेर नेपाली टोली आइतबार स्वदेश फर्किएको छ ।

एसिसी महिला यु-१९ एसिया कप अन्तर्गत सुपर फोरबाटै बाहरिएपछि नेपाली टोली स्वदेश फर्किएको हो । स्वदेश फर्किएको नेपाली टोलीलाई आइतबार त्रिभुवन बिमानस्थलमा क्यानका पदाधिकारीहरुले स्वागत गरेका थिए । शुक्रबार भएको सुपर फोरको आफ्‌नो दोस्रो तथा अन्तिम खेलमा बंगलादेशसँग नौ विकेट पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको थियो ।

स्वदेश फर्किपछि महिला यु-१९ नेपाली टोलीकी कप्तान पूजा महतोले एसिया कपमा तेश्रो स्थान हासिल गर्दा खुसी लागेको बताउनुभयो । उहाले खेलहरु राम्रो भइरहदा बर्षाका कारण लय समात्न समस्या भएको उल्लेख गर्नुभयो ।

त्यस्तै महिला यु-१९ नेपाली टोलीका प्रशिक्षक महेश रिजालले यु-१९ एसिया कपको नजिता सन्तोष जनक र अनुभव प्राप्त भएको बताउनुभयो ।

नेपालले समूह ‘बी’ को उपविजेता तथा बंगलादेशले समूह ‘ए’ को विजेताका रूपमा सुपर फोरको यात्रा तय गरेका थिए । समूह चरणमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको नेपालले भारतसँग वर्षाका कारण अंक बाँडेको थियो । त्यस्तै सुपर फोरको पहिलो खेल वर्षाका कारण रद्द भएपछि नेपालले श्रीलंकासँग अंक बाँड्‌नुपरेको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *