×

नेपाल-चाइना फ्रेन्डसीप ड्रागन महोत्सव पुस १४ गते देखि आयोजना हुने

खालीपाना न्युजडेस्क | १ महिना अगाडि

पुस,७ काठमाडौँ।  पर्यटकीय नगरी पोखरामा दोश्रो नेपाल-चाइना फ्रेन्डसीप ड्रागन बोट महोत्सव पुस १४ र १५ गते आयोजना हुने भएको छ ।

नेपालस्थित चिनियाँ दूतावास, नेपाल पर्यटन बोर्ड र गण्डकी प्रदेश सरकारको संयुक्त आयोजनामा दोश्रो नेपाल-चाइना फ्रेन्डसीप ड्रागन बोट महोत्सव आयोजना गर्न लागिएको आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । ड्रागन बोट महोत्सवमा नेपालका ११, चीनका ८ र सिंगापुरका एक गरि २० वटा समूहको सहभागीता रहने आयोजकले जनाएको छ ।

२ सय मिटर र ५ सय मिटर दुरीमा आयोजना गरिने प्रतियोगीतामा दुई दुरीका प्रथमि हुने बिजेता समूहले रु ५ हजार डलर, उपविजेताले २ हजार डलर र तृतियले १ हजार २ सय डलर पुरस्कार प्रदान गर्ने बताइएको छ ।

त्यस्तैगरि सहभागी १७ वटा समूहलाई प्रतिसमूह पाँच सय डलर प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगीताले नेपाल र चीनका नागरिकबीच सुमधुर सम्बन्ध स्थापीत हुनुका साथै नेपालको पर्यटन प्रवद्र्धन हुने अपेक्षा गरिएको नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दीपकराज जोशीले जानकारी दिनुभयो ।

सन् २०१९ मा चीनबाट एक लाख ६९ हजार ५३४ र २०२३ मा ६० हजार ८७४ पर्यटकले नेपाल भ्रमण गरेको बोर्डले जनाएको छ । २०२४ को जनवरीदेखि नोभेम्बरसम्म ९२ हजार ८४८ चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेको तथ्याङ्‌क रहेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *