×

बैठक कारोबार ऐन,२०६३ संशोधन विधेयकमाथि समितिमा दफावार छलफल

खालीपाना न्युजडेस्क | ४ महिना अगाडि

पुस,७ काठमाडौँ।  प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा सुरक्षित कारोबार ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि समितिमा दफावार छलफल भएको छ ।

आइतबार सिंहदरबारमा बसेको बैठकमा उक्त विधेयकमाथि संशोधनकर्तासँग छलफल गरेपछि दफावार छलफल भएको हो । छलफलका क्रममा सांसदहरुले चल, अचल र अमूर्त सम्पत्तिलाई समेत धितो सम्पतीको रुपमा राख्ने व्यवस्थालाई विधेयकमा स्पष्टताका साथ उल्लेख गर्नुपर्ने बताएका थिए ।

बैठकमा सांसद बर्षमान पुनले शैक्षिक प्रमाणपत्रका आधार बैंकबाट ऋण लिन सक्ने व्यवस्थामाथि थप छलफल गर्नुपर्ने बताउनुभयो । उहाले समाजवाद उन्मुख भन्ने शव्द संविधानमा नै रहेकाले सवै विधेयकमा राख्न आवश्यक नरहेको धारणा राख्नुभयो ।

त्यस्तै सांसद डा प्रकाशशरण महतले शैक्षिक प्रमाणपत्रका आधार बैंकले ऋण दिने व्यवस्था कानूनमा नै उल्लेख गर्नु उचित नभएको बताउनुभयो ।

त्यस्तै सांसद पदम गिरिले शैक्षिक प्रमाणपत्र र सीपको प्रमाणपत्रलाई चल सम्पतीको रुपमा व्याख्या गर्ने प्रस्ताव राम्रो भएपनि कानूनमा नै त्यस्तो व्यवस्था भएपछि ऋण असुल नहुने अवस्थामा थप कठिनाइ आउन सक्ने जिकिर गर्नुभयो ।

उक्त विधेयकमा ६ जना सांसदको संशोधन प्रस्ताव परेको थियो । अर्थ मन्त्रालयले २०८० साल फागुन ४ गते उक्त विधेयक राष्ट्रियसभामा दर्ता गरेको थियो । विधेयकले घर, जग्गाबाहेक अन्य चल सम्पत्ति पनि धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन सकिने गरी व्यवस्था गरेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *